मुख्य राजनीतिक दलका बुढा नेत्रित्वहरुले पार्टीलाई बपौती बनाए : युवानेता

मुख्य राजनीतिक दलका युवा नेताहरुले युवालाई प्रोत्साहन नगर्दा राजनीतिक समस्या कस्सिँदै गएको बताएका छन्। उनीहरुले दलभित्र रहेका बूढा नेताहरुले पार्टीलाई आफ्तो बपौती ठान्ने गरेको भन्दै तितो पोखे।
राजधानीको एक कार्यक्रममा बोल्दै एमाओवादी नेता राम कार्कीले प्रधानन्यायधीश नेतृत्वमा मुलुकले निकास पाउने विश्वास ब्यक्त गरे। युवाहरु नेतृत्व तहमा नुहँदा दलहरु गतिशिल हुन नसकेको उनको भनाइ थियो।
एमाले नेता रविन्द्र अधिकारीले मुलुक र पार्टीलाई बुढा नेताहरुले आफ्नो बपौति बनाएको दावी गर्दै त्यही अनुसार दलहरुलाई हिँडाउन खोज्दा समस्या आएको बताए । लोकतन्त्र र कानूनी शासनको रक्षा गर्ने भए राजनीतिक दलकै नेतृत्वमा चुनावी सरकार गठन गर्नु पर्ने उल्लेख गर्दै उनले प्रधानन्यायधीशको नेतृत्व गलत हुने बताए।
नेपाली काग्रेसका नेता विश्वप्रकाश शर्माले सबै पार्टीभित्र बुढा नेताको एकछत्र हाली मुहाली हुँदा समस्या उब्जिएको उल्लेख गरे । ‘यूवाहरुको भावना बुढाले समेट्न सकेनन् र दलहरु गतिशील भएनन्’, उनले भने।
नेकपा-माओवादीका नेता लेखनाथ न्यौपानेले नेतृत्व मागेर नपाइने भन्दै युवाहरुले आफै नेतृत्व लिन तत्पर हुनु पर्नेमा जोड दिए।