– पार्वता श्रेष्ठ
जिल्ला पशु सेवा कार्यालयको आयोजनामा संचालित खनदहमा गरिएका पशु विकास सम्बन्धिका विभिन्न कार्यक्रमहरुको सहभागितात्मक स्थलगत अनुगमन कार्यक्रम आज गरिएको छ ।
कार्यक्रम अनुगमन जिल्ला पशु सेवा कार्यालयका प्रमुख अमृत कुमार मास्के , डा. नारायण प्रसाद घिमिरेले गर्नुभएको कार्यक्रममा करिब १०४ जनाको सहभागिता रहेको थियो ।
सो कार्यक्रममा बाख्रापालन,भैसिपालन समुहमा भएका गतिविधीको बारेमा अनुगमन गरिएको छ । अनुगमनमा ७९ घरपरिवारले बाख्रा राख्ने आधुनिक खोर र २४ घरपरिवारले भकारो सुधार गरेको पाइयो ।
खन पशु सेवा उप केन्द्रले यस महिना देखि भैसि तथा गाईमा नस्ल सुधारको लागि कृत्रिम गर्भधान सेवा संचालन गरेको पाइयो । सो कार्यक्रमको संचालन उप केन्द्र प्रमुख नारायण प्रसाद खनालले गर्नु भएको कार्यक्रममा किसानको सक्रिय सहभागिता रहेको थियो ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।