मौन रहँदै आएका प्रधानन्यायाधीश खिलराज रेग्मीले आफ्नो नेतृत्वमा गठन हुने मन्त्रिपरिषदको प्रस्तावबारे अझै केही नबोल्ने बताएका छन् । दलहरूले सहमति गरेको मन्त्रिपरिषदको खाकाबारे उनले आपत्ति प्रकट गर्दै चुनावी सरकारको नेतृत्व सम्हाल्न अस्वीकार गरेको भन्ने हल्ला मंगलबार बिहानैदेखि सोसल मिडियामा छाएको थियो ।
एमाले नेता रवीन्द्र अधिकाले त फेसबुकमा ‘अन्ततः प्रधानन्यायाधीश खिलराज रेग्मीले प्रधानमन्त्रीका लागि दलहरूले गरेको प्रस्ताव अस्वीकार गरेका छन्’ भनेर लेखेका थिए । ‘कसले के लेख्यो मैले हेर्न पाएको छैन,’ त्यस सम्बन्धमा सञ्चारकर्मीले राखेको जिज्ञासामा रेग्मीले भने, ‘यसबारे म उपयुक्त समय आएपछि बोल्छु ।’
केही दिनदेखि रेग्मीले ससर्त नेतृत्व नस्वीकार्ने मनस्थिति बनाउँदै शीर्ष नेताहरूलाई त्यसबारे जानका गराएका थिए । यति हुँदाहुँदै सोमबार साँझ दलहरूले आफ्नो आग्रह बेवास्ता गर्दै प्रतिकूल सहमति गरेकामा रेग्मी असन्तुष्ट भएको स्रोतले बतायो ।
सर्वोच्चकै एक न्यायाधीशका अनुसार जेठ २२ गते चुनाव गराउन नसके रेग्मीको पद स्वतः सकिने ग दलहरूले तय गरेको समयसीमाप्रति उनी खुसी छ्रैनन् । ‘यही सर्तअनुसार दलहरूको सहमति हुने हो भने उहाँ सरकारमा जाने मनस्थितिमा हुनुहुन्न,’ ती न्यायाधीशले भने, ‘तर अस्वीकार पनि गरिसक्नुभएको छैन ।’
रेग्मी के गर्ने वा नगर्ने भन्नेमा निकै दुविधामा भएको स्रोतको बुझाइ छ । ‘एकातिर बारले विरोध गरिरहेको छ, अर्कातिर दलहरूले तय गरेको कार्यविधि उहाँले भनेअनुकूलको छैन,’ सर्वोच्चका एक अधिकाले भने, ‘राजीनामा नग जान लागेकामा केही श्रीमानहरु पनि खुसी छैनन् ।’