प्रधानसेनापति गौरवशमशेर जबराले राजनीतिक शून्यतामा सेना परिचालन हुन नसक्ने बताएका छन्। सेनालाई ‘राष्ट्रको अन्तिम विकल्पका रुपमा रहेको राष्ट्रिय शक्ति’ भन्दै उनले सरकार र जनताबीच सेनाको सुमधुर सम्बन्ध नभए राष्ट्रिय सुरक्षामै आँच आउने दाबी गरे।
राष्ट्रिय सहमतिको सरकार निर्माणमा सहमति प्रयास भइरहँदा बुधबार शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजमा दिक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानसेनापति जबराले यस्तो अभिव्यक्ति दिएका हुन्।
‘सेना राष्ट्रको अन्तिम विकल्पका रुपमा रहेको राष्ट्रिय शक्ति हो। सेनाले राष्ट्रिय समस्या समाधानका लागि सकारात्मक मह