झिमरुक जलविद्युत् केन्द्रको औपचारिक काम सुरु

अर्घाखाँची – झिमरुक जलविद्युत् केन्द्र दारीमचौर प्युठानले आफ्नो औपचारिक काम सुरु गरेको छ। झन्डै डेढ महिनादेखि प्रभावित केन्द्रको प्रशासनिक र ग्राहक सेवा तथा महसुल सङ्कलन गर्ने काम सुरु भएको केन्द्रका प्रशासन प्रमुख ओमप्रसाद पोखरेलले बताए ।  
  
गत पुस २३ गते विद्युत् उत्पादक बुटवल पावर कम्पनीको कार्यालय, कर्मचारी आवास तथा प्रशासनिक कक्षमा आगजनी हुँदा केन्द्रको काम प्रभावित भएको थियो।
आगजनीका कारण कार्यालयका सम्पूर्ण कागजात एवम् सामग्री जलेर नष्ट भएकाले पूरै काम सुचारु हुन अझै १० दिनभन्दा बढी लाग्ने केन्द्र प्रमुख श्याम थापाले बताए । आगजनी भएपछि रोकिएको काम अहिले आंशिक रुपमा सुरु भएको उनले जनाए ।
विद्युत् भार कटौतिको विरोधमा आक्रोशित उपभोक्ताको आगजनी तथा तोडफोडबाट अनुमानित रु ८ करोडभन्दा बढी क्षति भएको थापाले बताउ । यसअघि केन्द्रले विद्युत् उत्पादन सुरु गरे पनि प्रशासनिक काम भने रोकिएको थियो। रासस
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु