“भाग्य”

बाबु रोका मगर “अपरिचित” 
असुरकोट-९, अर्घाखाँची
निस्केको थिए घर बाट राम्रो अनी कुशल एक्टर बन्छु भनेर 
तर मेरो भाग्य नै खोटो रहेछ बन्न पुगे शहर को ट्याक्टर |
गाउँ मा सबैले माया गर्थे मलाई बोलाउथे सबैले ए हिरो शहरीया भनेर 
तर मेरो भाग्य नै उल्टो रहेछ शहरमा बोलाउछन सबैले ए भरिया भनेर |
हात हेराउदा पनि ज्योतिशे ले भाग्य राम्रो छ भन्दै थिए चिताएको पुग्छ 
मेरो भाग्य नै कस्तो? कसैको कालो नजर परेर हो कि?अस्ती पुलिस ले धुलाएको सार्है दुख्छ |
घर फर्की जाँउ भने छैन यतिबेला साथमा केही पनि 
के गरौ भाग्य यस्तै छ फालेको पाउरोटी खाई बाँचेको छु त्यही पनि |
सोचेको थिए हिरो स्टाइल ले जिन्दगीमा बाँच्छु भनेर 
खै के-के भईरहेको छ मेरो भाग्य मा बाँचेको छु यो शहरमा भिलेन बनेर |
कस्तो मेरो जिन्दगी सबै उल्टै उल्टो भईरहेको छ 
पहिले खाते भन्नेलाई अहिले मालिक को पनि मालिक भन्नु परेको छ |     
                              (समाप्त)