वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची – सुनचादी व्यापारीलाई गोली हानेको विषयमा थप एक जनालाई प्रहरीले सोमवार पक्राउ गरेको छ । संलग्नताको आशंकामा कपिलवस्तु छोटके तौलिहवाका २८ वर्षीय फिरज खालाई पक्राउ गरी थप अनुसन्धान गरेको छ ।
फिरजलाई उनकै पसलबाट पक्राउ गरी अर्घाखाँची प्रहरी कार्यलयमा ल्याएको छ । गत सोमबार सन्धिखर्कका सुनचादी व्यावसायी संघका सचिव तारा बहादुर सुनारलाई सन्धिखर्क गोरुसिंगे सडक अन्तरगत अडगुरीको एक्ले सल्लामा गोली प्रहार भएको थियो । घटनालगत्तै योजनाकार सन्धिखर्कका रुद्र पराजुली र गोली हान्ने कपिलवस्तु तिलौराकोट वर्मेलीटोलका २५ वर्षीय सागर भन्ने राजु आचार्य र सगै गएका अर्घाखाँची पोखराथोकका २४ वर्षीय विमल भन्ने लक्ष्मण सुनार पक्राउ गरेका थिए ।
खालाई अनुसन्धान भैरहेका र तीन जनालाई अदालतका २० दिनको म्याद थपेर थप अनुसन्धान भैरहेको प्रहरी नायव उपरीक्षक हीराबहादुर पाण्डेले बताए । पराजुली र ताराले सन्धिखर्क मिडिया चोकमा एउटै घरको जोडिएको दुई वटा सटरमा व्यापार गर्दै आएका थिए ।
बुटवल जान भनी तारालाई मोटरसाईकलमा लगि हिडेका रुद्रले अडगुरी स्थित जंगलमा पुग्दा तारामाथि गोही प्रहार भएको थियो । रुद्रको सुनियोजित योजनामा राजु र लक्ष्मणलाई प्रयोग गरी तारामाथि गोली प्रहार भएको पाण्डेले बताए । सुन किन्ने योजना बनाएर पैसा लुटने योजना रुद्रले बनाएका थिए । पक्राउ गरेका राजु र लक्ष्मणले रुद्रले पेस्तोल दिएको र तारामाथि आक्रमण गर्न लगाएको प्रहरीको बयानमा बताएका छन ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।