बुटवल । नेकपा एमालेको भ्रातृ संगठन युवा संघको अध्यक्षमा महेश बस्नेत विजयी भएका छन् । बुटवलमा सम्पन्न आठौं महाधिवेशनमा अध्यक्षका प्रतिस्पर्धी निरज आचार्यलाई पराजित गर्दै बस्नेत पुनः दोस्रो कार्यकालका लागि विजयी भएका हुन् । जितपछि हामीसंग कुरा गर्दै बस्नेतले अबको तीन वर्षे कार्यकाल युवाहरुको हक हितका लागि ब्यतित गर्ने बताए ।
अन्य पदहरुमा पनि अधिकांश बस्नेत पक्षकै निर्वाचित भएका छन् । पाँच उपाध्यक्ष मध्ये चार जना बस्नेत पक्षका निर्वाचित भएका छन् । महाधिवेशनले महासचिवमा राजीव पहारीलाई निर्वाचित गरेको छ । संघको महाधिवेशनमा कुल १ हजार ४ सय ३७ जना मतदाता रहेकोमा १ हजार ३ सय ८७ मतमात्रै खसेको थियो । १ सय ३५ सदस्यीय केन्द्रीय समितिसहित लेखा र अनुशासन कमिटी गरी कुल १ सय ६७ पदका लागि निर्वाचन भएको थियो ।
तर, १५ जना भने यसअघि नै निविरोध निर्वाचित भइसकेका छन् । १ सय ५२ पदका लागि ३ सय १९ जना उम्मेदवारबीच प्रतिष्पर्धा भएको हो ।
अध्यक्षका प्रत्यासी मध्ये वस्नेतलाई केपी ओली र माधव नेपाल पक्षको समर्थन छ भने आचार्यलाई झलनाथ खनाल पक्षले सघाएका छन् ।
= RSS