– वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची । २४ गते सार्वजनिक गर्न अन्तिम तयारी गरिएको जिल्ला परिषदमा प्रमुख अतिथिमा दलहरुबीच विवाद भएको भएको छ । तीन दिनसम्म बसेको बैठकमा सहमती जुटन नसकेपछि प्रमुख अतिथिबारे टुंगो लाग्न नसक्दा शुक्रवार बसेको बैठक पनि निष्कर्ष विहीन भएको छ ।
परिषद सार्वजनिकीकरण उदघाटनको प्रमुख अथिति जिविस र एमाओवादीले शान्ति तथा पुर्ननिर्माण मन्त्री मन्त्री टोपबहादुर रायमाझीलाई बोलाउने तयारी गरेपछि विपक्षी दल काग्रेस, एमाले, वैद्य पक्षीय माओवादी, राष्टिय जनमोर्चा लगायत साना दलले विरोध गरेका छन । प्रमुख अतिथिमा सहमती जुटन नसकेपछि अन्योलता बढेको छ । स्थानीय विकास अधिकारी हेमराज भुसालले शुक्रवार बसेको बैठकमा दलहरु बीच सहमती जुटन नसक्दा कसलाई बनाउने भन्ने टुंगो नलागेको बताए ।