काठमाण्डौ । हृदयघात भई बैंककमा उपचार गराइरहेका पूर्व युवराज पारसको होस खुलेपछि मान्छे चिन्न थालेका छन् ।
समितिभेज अस्पतालाका कार्डियोलोजिष्ट डा माना चान्डाभिमोलाद्वारा जारी गरिएको विज्ञप्ति अनुसार उनका सम्पूर्ण शरिरका अंगहरु चल्न थालेका छन् ।
यद्यपी उनी भेन्टिलेटरकै सहयतामा उपचाररत छन् । हृदयघातपछि बेहोस अवस्थामा उपचाररत पारसको ११ दिनपछि होस खुलेको हो ।