अमेरीकी राष्ट्रपति बाराक ओबामाले लामो समयदेखी विवादित सार्वजनिक खर्च कटौतिको प्रस्तावमा हस्ताक्षर गर्नुभएको छ । खर्च कटौतिको प्रस्तावले अमेरीकी अर्थतन्त्र धरासायी हुने बताउदै आएका ओबामाले रिपव्लिकनहरुको तिव्र दवावपछि अन्ततः प्रस्तावमा हस्ताक्षर गर्नुभएको हो ।
खर्च कटौति विधेयक पारित हुनुपर्ने अन्तिम दिन हिजो भएको वार्तामा पनि रिपव्लीकन पार्टीसँग सहमति हुन नसकेपछि ओबामा विधेयकमा हस्ताक्षर गर्न बाध्य हुनुभएको हो । अव सन् २०१३ को अमेरीकी वजेटमा ८५ विलीयन डलर कटौति हुने छ । जसमा सुरक्षा खर्चमा ४३ विलीयन, गैर सुरक्षा खर्चमा २६ विलीयन, स्वास्थ्य सेवामा ११ र अन्य क्ष्ोत्रमा ५ विलीयन डलर खर्च कटौति हुने छ । यसअघि राष्ट्रपति ओबामाले बजेट कटौतिको साटो बार्षिक १ मिलीयन अमेरीकी डलर भन्दा माथी आय भएकाहरुलाई कर बढाउने प्रस्ताव गर्नुभएको थियो ।
सार्वजनिक खर्च कटौतिपछि शिक्षा , स्वास्थ्य, सामाजिक सुरक्षा जस्ता विषयमा राज्यले दिदै आएको अनुदान घटने छ । यसले त्यहाँका मध्यमबर्गीय नागरीकहरुलाई असर पर्ने बताइएको छ । खर्च कटौतिले विश्वव्यापी आर्थिक वृद्धिमा पनि गम्भिर धक्का लाग्न सक्ने अन्तराष्ट्रिय मुद्राकोषले चेतावनी दिएको विविसी अनलाइनले जनाएको छ ।
AGENCIES