परवेज मुशर्रफद्धारा चार हप्ताभित्र स्वदेश फर्कने घोषणा

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफले चार हप्ताभित्र स्वदेश फर्कने घोषणा गर्नुभएको छ । दुबई स्वनिर्वासनमा रहेका उहाँले स्वदेश फर्र्किएर आमनिर्वाचनमा भाग लिने पनि बताउनुभयो । तर मुशर्रफले पाकिस्तान फर्कने निश्चित मिति भने खुलाउनु भएको छैन ।

 दुबईमा पत्रकारहरुसँग मुशर्रफले आगामी मार्च १६ सम्म नयाँ चुनावी सरकार बनेमा त्यसको एक हप्तापछि पाकिस्तान फर्कने बताउनु भयो । पाकिस्तानमा पिपुल्स पार्टीका गठबन्धन सरकारको पाँच वर्षे कार्यकाल यही महिना पूरा हुँदैछ । पूर्व सैनिक शासक मुशर्रफले आफूविरुद्ध खतरा रहे पनि नडराउने दृढता व्यक्त गर्नुभयो । 
अघिल्लो वर्ष स्वदेश फर्किए विमानस्थलबाटै पक्रने पाकिस्तान सरकारले जनाएपछि उहाँ स्वदेश फर्कने मिति अनिश्चित बनेको थियो । सन् २००७ मा रावलपिण्डीमा आयोजित चुवावी -यालीका क्रममा तात्कालीन प्रधानमन्त्री वेनेजीर भुट्टोको हत्या भएपछि उहाँलाई पक्राउ पूर्जी जारी गरिएको थियो । त्यसबेला पाकिस्तानी राष्ट्रपति रहेका मुर्शरफमाथि उचित सुरक्षा प्रबन्ध नमिलाएको आरोप छ ।
– Agencies