पूर्व युवराज पारस शाहको स्वास्थ्यमा क्रमश सुधार

काठमाडौं  ।  पूर्व युवराज पारस शाहको स्वास्थ्यमा सुधार आएको छ । स्वास्थ्यमा सुधार देखिएपछि उहाँलाई कृत्रिम श्वास प्रश्वास यन्त्र भेन्टिलेटरबाट हटाइएको छ । थाइल्याण्डको सामितिभेज अस्पतालमा उपचाररत शाहको स्वास्थ्यमा क्रमिक सुधार आएपछि उहाँलाई भेन्टिलेटरबाट हटाइएको हो । पूर्व राजा ज्ञानेन्द्र, पूर्व रानी कोमल र पूर्व युवराज्ञी हिमानीले आज विहान अस्पतालमा चिकित्सकहरुसँग परामर्श गर्नुभएको थियो ।
१३ दिनअघि हृदयघातका कारण अस्पताल भर्ना गरिएका शाह एक साताभन्दा बढी अचेत भएपछि शनिबार उहाँका हात खुट्टाका मांशपेशी चलेका थिए । उहाँले मान्छेसमेत चिन्न थालेको समितिभेज अस्पतालले निकालेको विज्ञप्तिमा उल्लेख थियो । चिकित्सकले टाउकोको सिटीस्क्यानमार्फत् दिमागी अवस्था अवलोकन गरेर उपचार गरिरहेका छन् ।
फागुन ८ गते बेलुका अचानक अचेत भएपछि पारसलाई अस्पताल पु