संविधानका बाधा अड्काउ फुकाउसम्बन्धी आदेश जारी गर्न दलहरु सहमत

काठमाडौं  । प्रधानन्यायाधीश खिलराज रेग्मी पर्सी प्रधानमन्त्री पदको सपथ लिन तयार भए भोलि नै संविधानका बाधा अड्काउ फुकाउसम्बन्धी आदेश जारी गर्न दलहरु सहमत बनेको छन् ।

 

चारदलीय कार्यदलका सदस्य एवं कांग्रेस नेता बिमलेन्द्र निधिले प्रधानन्यायाधीश रेग्मी फागुन २४ अघि नै सपथ गर्न तयार भए बाधा अड्काउ फुकाउ आदेश त्यसअघि नै जारी गर्न राष्ट्रपतिसमक्ष सिफारीस गरिने बताउनुभयो ।

 

हामीसँग कुरा गर्दै उहाँले विवादित भनिएका मतदाता नामावली, नागरिकता, शान्ति प्रक्रियाका विषयमा कुरा मिल्न कठिन नरहेको प्रष्ट गर्नुभयो । प्रधानन्यायाधीश सपथका लागि तयार नहुँदासम्म भने एकीकृत माओवादीले चाहँदैमा बाधा अड्काउ फुकाउ आदेश जारी नगरिने नेता निधिले स्पष्ट गर्नुभयो ।
 
प्रधानन्यायाधीश नेतृत्वमा ११ सदस्यीय मन्त्रिपरिषद बन्ने जानकारी दिँदै नेता निधिले त्यस्तो सरकारमा निजामति तथा न्याय क्षेत्रका पूर्व विशिष्ट व्यक्तिहरु मन्त्री रहने उल्लेख गर्नुभयो ।

 

प्रधानन्यायाधीश नेतृत्वको सरकारलाई मंसीरसम्मको समय दिइने र राजनीतिक संयन्त्र गठन गरिने सहमति पनि दलहरुबीच भएको उहाँले बताउनुभयो ।

 

RSS