टेकनारायण भट्टराई
पाल्पा, फागुन २१- सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको आर्यभञ्ज्याङ-राम्दी सडक खण्डमा जन्ती बोकेको बस दुर्घटना हुँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ। पाल्पा खानीछाप-७ आमडाँडाबाट बेहुली लिएर पाल्पा चिदीपाननी गाविस बुढीकोट फर्केको लु १ ख २७९५ नम्बरको जन्तीबस चिदीपानी-२ धैरेनीमा आइतबार राति करिव साढे ९ बजे दुर्घटना भएको हो।
रातीको दुर्घटना भएकोले शव खोज्न कठिनाइ हुँदा संख्या अझ बढ्न सक्ने प्रहरी भनाई छ।
मृत्यु हुने सबै दुलाहाको गाउँको
जिल्ला सदरमुकाम तानसेनदेखि झन्डै २२ किलो मिटर टाढा भएको उक्त दुर्घटनामा १२ जनाको घटनास्थलमै र तीनजनाको प्रभासस्थित मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। घाइतेमध्ये १६ जनाको प्रभास मेडिकल कलेजमा र ९ जनाको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ। दुर्घटनामा मर्नेमा सबै दुलाहाको गाउँ चिदीपानी-७ का हुन्।
दुर्घटनामा परी घटनास्थलमै मृत्यु हुनेहरु
चिदीपानी-७ का १७ वर्षीय केशवकुमार बिरकट्टा,
२५ वर्षीय योगेन्द्र चति,
२५ वर्षीया केशरी पुन,
२५ वर्षीय विष्णुबहादुर चति,
१८ वर्षीय नविन सूर्यवंशी,
३० वर्षीया लुलिसरा सारु,
२६ वर्षीय रमेश विक,
६० वर्षीय वेदबहादुर बिरकट्टा,
७ वर्षीय कमल जर्घा,
२८ वर्षीय लोकबहादुर सारु,
१६ वर्षीया नविना सूर्यवंशी
पाल्पा हुमिनका ३० वर्षीय मिलन विक (चालक)
उपचारका क्रममा मृत्यु हुनेहरु
चिदीपानी-७ का २८ वर्षीय सुरज न्यौपाने,
६५ वर्षीय अमरबहादुर दर्घा
२५ वर्षीया रमादेवी सारु