बन्दका कारण जनकपुरको जनजीवन प्रभावि

जनकपुर । मधेशी जनाधिकार फोरम लोकतान्त्रिकले आह्वान गरेको बन्दका कारण आज जनकपुरको जनजीवन प्रभावित बनेको छ । बन्दका कारण जनकपुरमा बजार, शिक्षण संस्था र यातायात संचालन हुन सकेका छैनन् । 
स्थानीय प्रशासनले जिल्ला विकास समितिमा भएको भ्रष्टाचारलाई बढावा दिएको आरोप लगाउँदै बन्द आह्वान गरिएको हो । 
बन्दकर्ताहरुले धनुषाका स्थानीय विकास अधिकारी तारानाथ अधिकारीले निलम्बित जिविस कर्मचारीहरुलाई तलव खुवाएको आरोप लगाएका छन् । 
यसअघि फोरम कार्यकर्ताले हिजो स्थानीय विकास अधिकारीलाई कार्यकक्षमै हातपात गरेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्जसम्म गर्नुपरेको थियो ।
RSS