असंवैधानिक तरिकाले राष्ट्रिय सेनाको दुरुपयोग गरेको आरोप लागेका माल्दिभ्सका पूर्व राष्ट्रपतिलाई गिरफ्तार

असंवैधानिक तरिकाले राष्ट्रिय सेनाको दुरुपयोग गरेको आरोप लागेका माल्दिभ्सका पूर्व राष्ट्रपति मोहमद नासिदलाई गिरफ्तार गरिएको छ । पदमा रहँदा सेनालाई गलत ढंगले परिचालनगरी फौजदारी अदालतका मूख्यन्यायाधीश अब्दुल्लाह मोहम्मदलाई नजरबन्द गरेको आरोप उनीमाथि लगाइएको छ । 
माल्दिभ्सको अदालतले तीन पटकसम्म वारेन्ट जारी गरिएका नासिदलाई उनकै निवासबाट गिरफ्तार गरिएको हो । अदालतले नासिदलाई पक्रन दोश्रो पटक आदेश जारी गरेपछि उनी मालेस्थित भारतीय दूतावासको शरणमा पुगेका थिए, जहाँ ११ दिनसम्म उनी बसेका थिए । 
भारतीय दूतावसाबाट घर फर्केको केही दिनमै नासिद पक्राउ परेका हुन् । नासिदले भने आगामी सेप्टेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा भाग लिन नदिन आपूm विरुद्ध षड्यन्त्र भईरहेको आरोप लगाएका छन् । 
पूर्व राष्ट्रपति मैयुम गैयुमको एकछत्र शासन तोड्दै नासिदले विपक्षी दललाई सत्तामा पु