काठमाडौं । प्रधानन्यायाधीश खिलराज रेग्मी विरुद्धको अदालतको मानहानी सम्बन्धी मुद्दा दर्ता नहुने भएको छ । प्रधानन्यायाधीश रेग्मीले अदालतको मानहानी गरेको भन्दै अधिवक्ता सुनीलरञ्जन सिंहले दिएको निवेदन सर्वोच्च प्रशासनले दरपीठ गरेको थियो । उक्त दरपीठ विरुद्ध अधिवक्ता सिंहले दिएको अर्को निवेदनमामाथि आज भएको सुनुवाइपछि न्यायाधीश गिरीशचन्द्रलालको इजलासले सर्वोच्च अदालत प्रशासनको निर्णयलाई सदर गरेको हो ।
प्रधानन्यायाधीश रेग्मीले सर्वोच्च अदालतका प्रवक्ता मार्पmत जारी गरेको वक्तव्यमा न्यायालयको उच्च सम्मान गर्छु भनेकाले अदालतको अपहेलना नभएको फैसलामा उल्लेख छ ।
यसैगरी प्रधानन्यायाधीश खिलराज रेग्मीलाई सरकारको नेतृत्व दिने प्रक्रियाको विरुद्धमा अर्का अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिटमा भने आगामी फाल्गुन ३० गते विपक्षीसँग लिखित जवाफ पेश गर्न र चैत्र १ गते विशेष इजलासबाट सुनुवाइ गर्ने आदेश दिएको छ ।
RSS