– विजय
अलिकति झुक्यो नजर, अलिकति लुकाउ बहर
बाङ्गो छैन सोझो विचार,अलिकति दुखाउ कहर ।।
खालि ठाऊँ छ कि दिलमा,यो मुटुलाई सजाई राख्नलाई
देउन रेखी बुझ्ने आधार, अलिकति फुकाउ रहर ।।
रोक तोक गर्लान् कसैले,राजी खुशी तिम्रो मनको
हात समाई तरौं जङ्घार, अलिकति जुटाउ ठहर ।।
बैंश जोवन् खेल होइन नि,दुई आत्माको मिलन् चौतारी
खेपौंला ति चोट प्रहार, अलिकति उठाउ लहर ।।
हामी दुईले सोच्ने एउटै हो, जीबनको गति पिरती
हाम्रो छुट्टै बन्छ सन्सार, अलिकति छुपाउ अधर ।।