काठमाडौं । जापान तथा सार्क मुलुकबीच उर्जा क्षेत्रमा सहयोग आदन प्रदान गर्न चालिनुपर्ने आवश्यक कदमबारे छलफल गर्न राजधानीमा भएको छैटौं सार्क उर्जा सम्मेलन बिहिबार सकिएको छ ।
सम्मेलनमा जापान तथा सार्क क्षेत्रमा उर्जा संजाल विकासमा आइपर्ने प्राविधिक, आर्थिक, नीतिगत र कानूनी एवं भौतिक संरचनालगायतका विषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए । जापान सरकारको सहयोगमा नेपाल विद्युत प्राधिकरणले आयोजना गरेको सम्मेलनमा यस क्षेत्रमा सम्भावित उर्जा सञ्जाल, ग्रिड विकास र त्यसको संरचनाबारे पनि विस्तृत रुपमा छलफल भयो ।
rss