– उमाकान्त पाण्डे गाउंले
अन्तराष्ट्रिय अर्घाखाँची संपर्क मन्चले उच्च स्तरिय भेटघाट गरेको छ । जिल्ला बाट बैदेशिक रोजगार तथा पेशा व्यवसाय र अध्ययनका लागी बिदेशिएका अर्घेलीहरुको साझा सस्थाको रुपमा सगंठित बन्दै गरेको मन्चले मन्त्री सग भेटघाट गरेको हो ।
मन्चका संयोजक राजु खड्काको नेत्रित्वमा गएको मन्चको टोली तथा अर्घाखाँची क्षेत्रनम्बर १ बाट निर्वाचित पुर्व शभाशद तथा वर्तमान भूमी सुधार तथा व्यवस्थामन्त्री टोप बहादुर रायमाझी सग भेटघाट गरेको हो । भेटघाटमा मन्चका यूएई प्रतिनिधी प्रकाश रायमाझी, जिल्ला बाट कलाकारितामा लागेका एक मात्र नायक शितल केसी तथा शिक्षण अस्पताल काठमान्डौमा माइक्रोबाइलोजी अध्यनरत सुन्दर खड्का लगायतको सहभागीता थियो ।
भेटघाटमा मन्चले सस्थाको परिचय , उद्देश्य र कार्यक्षेत्राअधिकारको बिषयलाई ज्ञापन पत्र मार्फत मन्त्री रायमाझीलाई बुझाएको हो ।
‘बिदेशिएका अर्घेली युवाहरुको सकृयतालाई राष्ट्रले उच्च मुल्याकनं गर्छ , मन्चलाई सरकार तथा आफ्नो ब्याक्तीगत के सहयोग गर्नु पर्छ म गर्न तयार छु’भेटघाटमा मन्त्री रायमाझीले भने । “तपाईंहरुले नमुना कार्य गर्दै हुनुहुन्छ , ब्यस्त समय र परिस्थिती अनुसार पनि सगंठीत बनेर जिल्लाका लागि केही गरौ भन्ने भावना लिएर एक जुट भएकोमा सबैलाई धन्यवाद,” मन्त्री राय माझीले भने ।
करिब १ घण्टा लामो भेटघाटमा बिभिन्न बिषयमा छलफल भएको थियो ।
जिल्लाको समग्र हितका लागि प्रवासीएका युवाहरुको सकृयतालाई जिल्लामा पनि खास चासो पुर्वक हेरिएको छ । काम भन्दा कुरा बढी गर्ने नेपाली समाजको यथार्थतालाई अर्घेली युवाहरुले चिर्न सक्लान वा नसक्लान ? यो भने गर्भमा रहेको भ्रुणको अवस्थामा रहेको बिश्लेशकहरुको भनाइ छ ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।