संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथिको नाकाबन्दी थप कडा बनाउने पक्षमा प्रस्ताव पारित गरे लगत्तै उत्तर कोरियाले दक्षिण कोरियासँगका सबै समझदारी भंग भएको घोषणा गरेको छ । राष्ट्रसंघीय सुरक्षा परिषदमा भएको यससम्बन्धी मतदानमा १५ सदस्य राष्ट्रको सर्वसम्मतिले यस्तो प्रस्ताव पारित भएको थियो ।
त्यसको बदलामा उत्तरले दक्षिण कोरियासँगको हट लाईन र सीमा वारपार रेखा बन्द गरेको हो । संयुक्त राष्ट्रसंघले ठूला आणविक परीक्षण गरेपछि नाकाबन्दी थप कडा बनाउने निर्णय गरेको थियो ।
राष्ट्रसंघले उत्तर कोरियाली सैनिकसंग सम्बद्ध ब्यक्ति र संस्थाहरुको बैंक खाता बन्द र आवत जावतमा प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएले दक्षिणसँगका शान्ति समझदारी रद्ध र असैनिक क्षेत्र पानमुनजोन आवतआवत गर्न बन्द गरिएको जनाएको छ ।
यसैबीच उत्तर कोरियाली नेता किम जोन उनले सैनिकहरुलाई शत्रुहरुको प्रतिकार गर्न तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
– एजेन्सी