आतंकवादी सन्जाल अलकायदा प्रमुख ओसामा बिन लादेनका प्रवक्ता सुलाइम अबु घाईथलाइ आज अमेरिकाको संघीय अदालतमा पेश गरिएको छ । सुलाइमान अबु घाईथ गत साता जोर्डनमा पक्राउ परेका थिए ।
ओसामा बिन लादेनका ज्वाइँ समेत रहेका घाईथ सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतंकवादी हमलाका मुख्य सल्लाहाकार र योजनाकार समेत रहेका छन् ।
उनीमाथि अमेरिकी नागरिकहरुको अनाहकमा ज्यान लिएको आरोप लगाइएको छ । कुवेती नागरिक उनी अमेरिकी हमलापछी ओसामा बिन लादेनसंगै रहँदै आएका थिए ।
घाईथले इरानमा रही तस्करी समेत गर्दै आएको खुलासा भएको छ । अमेरिकाको संघीय अदालतमा अमेरिकी हमलाका ६७ बिदेशी आतंकवादीहरु विरुद्ध मुद्दा चलिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
– एजेन्सी