स्याङ्जा । मुलुकको सबैभन्दा ठुलो १ सय ४४ मेघावाट क्षमताको कालिगण्डकी ए जलविद्युत केन्द्रले शनिबारदेखि विद्युत उत्पादन चालु गरेको छ । उत्पादन गृहमा समस्या आएपछि विगत ८ दिनदेखि विद्युत उत्पादन नै बन्द गरेर मर्मत गरिएको थियो । सुरुङवाट उत्पादन गृहमा पानी रोक्न प्रयोग हुने इन्लेट भल्वले काम नगरेपछि मर्मत गरिएको थियो ।
मर्मतका लागि १० दिन लाग्ने बताइएपनि ८ दिनमै मर्मत कार्य सम्पन्न भएको केन्द्र प्रमुख अवधेशकुमार सिंहले जानकारी दिनुभयो ।
जडित क्षमता १ सय ४४ मेघावाट भएपनि नदीमा जलप्रवाह घटेकाले पछिल्लो समयमा दिउँसो ६० मेघावाट र साँझको समयमा ९० मेघावाट विद्युत उत्पादन भैरहेको थियो ।
सो विद्युत गृह मर्मत लगत्तै शनिबार भने विहानको समयमा ८० मेघावाट विद्युत उत्पादन भएको केन्द्रले जनाएको छ ।
मेलाका क्रममा विभिन्न देशका उद्यमी व्यवसायीहरुसंग आयोजना हुने व्यवसायिक भेटवार्ताबाट नेपाल र ती देश बीचको आर्थिक व्यापारिक सम्बन्ध विस्तार, व्यापार विस्तार तथा लगानी तथा प्रविधि प्रवद्र्धनमा समेत सघाउ पुग्ने विश्वास महासंघको छ ।
-RSS