प्रेमनारायण आचार्य
चुत्राबेसी, अर्घाखाँची। महाशिवरात्रीको अवसरमा नेपालमै एक मात्र स्फटिक धातुको शिबलिंग रहेको सिद्धेश्वर शिबालय मन्दिरमा बिहानै देखि भक्तजनको घुइचो लागेको छ ।
अर्घाखाँचीको चुत्राबेसी स्थति सिद्धेश्वर शिबालय मन्दिरमा नेपालकै एक मात्र स्फटिक धातुको शिबलिंग रहेको यस मन्दिरमा पुजा पाठ गर्ने भक्तजनको घुइचो लागेको हो । दैनिक बैदिक बिधि पुर्बक पुजाआजा हुने यस मन्दिरमा आज लघुरुद्री सहित बिशेस पुजाआजा पनि राखिएको छ । भने मन्दिर परिसरमा मध्यान्ह आरती, अखण्ड लक्ष्यवर्तीका दीपदान, सन्ध्याकालीन आरती तथा रातभरि भजनकीर्तन हुने मन्दिर ब्यबस्थापन समितिले जनाएको छ ।
सिद्धेश्वर शिबालय मन्दिर सजाएर झकिझकाउ पारिएको छ । भक्तजनको लागि मन्दिरमा दर्शन गर्नका लागि आवश्यक सम्पूर्ण व्यवस्था मिलाइएको छ ।
शिवरात्रीको दिन भक्तजनले आज शिवको महिमा गाउँदै शिवलिङ्गमा गाईको दूध तथा बेलपत्र चढाएका छन् । शिवरात्रीको दिन शिवलिङ्गमा दूध तथा बेलपत्र चढाए मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ ।
त्यस्तै सन्धिखर्कमा रहेको १०८ गणेश पाञ्चायन मन्दिरमा पनि दर्शनार्थीहरुको बिहानै देखि घुइचो लागेको छ । यस मन्दिरमा पनि रुद्री सहित पुजाआजा राखिएको मन्दिर ब्यबस्थापन समितिले जनाएको छ । त्यस्तै अर्घाखाँची जिल्लामा रहेका बिभिन्न शिब मन्दिरहरुमा बिहानै देखि बिशेस पुजा आजा भैरहेको छ ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।