मन्त्री रायमाझी सहभागि हुने कार्यक्रम अर्घाखाँचीका ८ दलले बहिष्कार गर्ने

– शोभाखर पन्थी 
अर्घाखाँची – अर्घाखाँची जिल्लामा क्रियाशिल आठ राजनीतिक दलहरुले जिल्ला परिषद बैठक बहिष्कार गर्ने भएका छन् ।
जिल्ला परिषदको बजेट सार्वजनिकीकरण कार्यक्रममा शान्ति तथा पुननिर्माण मन्त्री टोप बहादुर रायमाझीलाई प्रमुख अतिथी बनाउन लागेको भन्दै जिल्लामा क्रियाशिल दलहरु नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा-माओवादी, राष्ट्रिय जनमोर्चा, नेकपा माले, राष्ट्रिय प्रजातन्त्र पार्टि, राष्ट्रिय जनशक्ति पार्टी, र राप्रपा नेपालले पत्रकार सम्मेलन गरी जिल्ला विकास समितिको कार्यालयको आयोजनामा सोमबार हुने बजेट सार्वजनिकीकरण कार्यक्रम बहिष्कार गर्ने जनाएका छन् ।
आठ दलद्वारा आज संयुक्त रुपमा जारी गरिएको बक्तव्यमा बर्तमान कामचलाउन सरकारका कारण देशमा राजनीतिक संक्रमण लम्विएको, संवैधानिक निकायहरु रिक्त बन्दै गएको, राष्ट्रिय स्वाधिनता संकटमा परेको, महंगी, भ्रष्टचार, कमिशनखोर तस्करी बढेको, राज्यकोषमा व्रह्मलुट मच्याइएको र समग्रमा सरकारले राष्ट्रघाती र जनघाती काम गरेको आरोप लगाउदै ,सरकारका बहालवाला मन्त्री सहभागि बजेट सार्वजनिकीकरण कार्यक्रममा सहभागि नहुने जनाइएको छ । 
काँग्रेसका सभापति कमल प्रसाद भुसाल, एमाले अध्यक्ष चेतनारायण आचार्य, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सागर के.सी., नेकपा