काठमाडौं । प्रमुख चार दल हिजो शुक्रबार प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठनका लागि सहमित जुटाउन असफल भएका छन् ।
हिजो प्याकेजमै अन्तिम सहमति गर्ने दाबी गरेका चार दलका शीर्ष नेताहरुको वैठक आजपनि विना निष्कर्ष टुंगिएको हो । हिजो शुक्रबार अपरान्ह ३ बजेदेखि नयाँबानेश्वरमा बसेको शीर्ष नेताहरुको वैठक राति साँढे ८ बजे निष्कर्षविहिन रुपमा टुंगिएको थियो ।
नेताहरुले हिजो शुक्रबार अन्तिम सहमति गर्नुको सट्टा हिजो सहमति भएका विषयमा हिजो नेताहरुबीच कुरा बाझिएको बुझिएको छ ।
खासगरी सत्य निरुपण आयोग र सेनामा गएका माओवादीका पूर्व लडाकूहरुको दर्जामा एकीकृत माओवादीले अडान राखेका कारण सहमति जुट्न नसकेको बताइएको छ ।
आफ्नै सुचना: अर्घाखाँचीका बिभिन्न स्थानमा घरभई प्रवासीएएर बिभिन्न स्थानमा रोजीरोटी पेशा व्यवसाय गरेर बस्नु भएका तपाईंसामु हामी प्रवासीएकाको कथा ब्यथा “लाहुरेका कथाहरु” नियमित स्तभ लिएर आउने जमर्को गरिरहेका छौ । त्यसर्थ संपर्कमा आउनुहुन हार्दिक अनुरोध गर्दछौ । संपर्क ईमेल umakantapandey@sandhikharka.com उमाकान्त पाण्डे गाउंलेलाई संपर्क गर्नुहुन अनुरोध गर्दछौ ।