८ राजनितिक दलद्धारा अर्घाखाँची जिल्ला परिसद बहिस्कार

– प्रेमनारायण आचार्य
अर्घाखाँची । जिल्ला बिकास समिति अर्घाखाँचीको भोलि हुने १९ औ जिल्ला परिसद जिल्लाका ८ राजनितिक दलहरुले बहिस्कार गर्ने भएका छन ।
 
   परिसदको प्रमुख अतिथि सरकारका शान्ती मन्त्री मन्त्री टोपबहादुर रायमाझिलाइ बनाउने भए पछि आज पत्रकार सम्मेलन गरि ८ राजनितिक दलहरुले परिसद बहिस्कार गर्ने घोषणा गरेका हुन । 
 
  प्रमुख अतिथिमा बिकल्प खोज्न पटक पटक आग्रह गर्दा पनि आग्रहलाइ बेवास्ता गरि शान्ती मन्त्रीलाइ प्रमुख अतिथि बनाउने भए पछि जिल्लाका क्रियासिल नेपाली काग्रेस, नेकपा एमाले , राष्ट्यि जनमोर्चा, नेकपा माओबादी, नेकपा माले, राप्रपा, राष्ट्यि जनसक्ति पाटी, र राप्रपा नेपालले संयुक्त रुपमा परिसद बहिस्कार गर्ने भएका हुन ।
 
   पत्रकार सम्मेलनमा प्रतिपक्ष दलहरुले निकालेको संयुक्त प्रेस बिज्ञप्ती सार्बजनिक गरि आफ्ना भातृ संगठन तथा पुर्ब मन्त्री तथा सभापति र उपसभापतिलाइ समेत परिसदमा सहभागि नहुन आग्रह गरेका छन ।
 
   संयुक्त प्रेस बिज्ञप्तीमा नेपाली काग्रेसका जिल्ला सभापति कमल प्रसाद भुसाल, एमालेका जिल्ला अध्यक्ष चेतनारायण आचार्य,  राजमोका केन्द्रिय सदस्य सागर केसी, नेकपा माओबादीका जिल्ला इन्चार्ज भेसराज भुसाल, नेकपा मालेका जिल्ला सचिब  केदार बेल्बासे, राप्रपाका जिल्ला अध्यक्ष देबीबहादुर खड्का, राष्ट्रिय जनसक्ति पाटीका अध्यक्ष बेदराज घिमिरे, राप्रपा नेपालका फर्सुराम बेल्बासे ले हस्ताक्षर गरेका छन । 
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

  

अन्य समाचारहरु