– जनार्दन भण्डारि
नेपाल सरकारको श्रम मन्त्रालय अर्न्तगत श्रम विभागमा आफु उपसचिव रहदाँ मानव तस्करी वाट कालो धन कमाउन जिउज्यान दिएर लागेका नारायण प्रसाद अधिकारीलाई आज सम्म नेपालको कानुनले फेला पार्न सकेको छैन ।
सापटी तमसुकमा रोहवरमा वसी आफनो पद र सरकारको छापलाई प्रयोग गरी कानुनको उपवास गर्ने तत्कालीन उपनिर्दशक नारायण प्रसाद अधिकारी लाई कानुनको दायरामा ल्याउन जरुरी देखिन्छ । नेपाल सरकारको पदमा रहेको समयमा धनकमाउने नियतिमा थुप्रै कानुन विपरितका कामहरु हाम्रो मुलुकमा हुने गरेको कुनै नौलो कुरा होईन ।
सरकारको फितलो निती , राजनैतिक दलहरुको संरक्षण र सरुवा प्रक्रियामा उच्च तहमा भेटी चढाउनु पर्ने बाध्यताका कारण भ्रष्टचारको अनत्य गर्ने जिम्मा लिएको अक्तियार पनी अपेक्षाकूत सफल हुन सकेको देखिदैन । भ्रष्र्टकर्मचारीहरु दिनप्रतिदिन धनी वन्दै विलासिताको जिवन विताएको देखासिकिमा इमान्दार कर्मचारीहरुको मनमा पनी म मात्र किन पछाडी पर्ने भन्ने कुबिचार दिनौ वढदै गईरहेको छ ।
हिजोका भिकारीहरु आज करोडपती वनेका छन । अवकाश निस्केका कर्मचारीहरु आफुले कमाएको कालो धनवाट धनाढय वनी हाम्रो सामु घुमिरहदाँ अक्तियार अर्थात हाम्रो कानुन हात खुम्चयाएर बसिरहेको छ । एकपटक सोच्नु आवस्यक देखिन्छ भ्रष्टचार गरेको कालो धनमा कति जना नेपाली आमाका संन्तानहरुको पिढा र आँशु र्समर्पित छ भन्ने कुरामा तर कानुनविपरित काम गर्नेहरुलाई सरोकारवालाहरुले कारवाही गर्ने सकेका छैनन । जुन आफैमा लज्जास्पदको रुपमा लिन सकिन्छ ।
यस्तै कानुन विपरित काम गरी कानुनलाई च्यालेन्ज दिने महाशयको नाम हो नारायण प्रसाद अधिकारी । उनी कुनै समय अगाडी नेपाल सरकारको श्रम मन्त्रालय अर्न्त्रगत श्रम विभाग कार्यालयमा उप निर्देशक पदमा कार्यरत थिए । आफनो फाईदाका लागी जे पनी गर्न तयार वन्ने अधिकारी, अहिले कहाँ छन, के गर्दे छन वा जिवित छन वा भगवानका प्यारा वनिसके , यसवारेमा पंक्तिकारलाई अनुभव नभएपनी अधिकारी जस्ता भ्रष्ट् ब्यक्तिका कारण धेरै जना युवाहरु वर्वादि बनेको हुन सक्ने अनुमान हामिमा रहेको छ । बैदेशिक रोजगार ऐन २०४२ अनुसार विभागमा आईपरेका मुद्धाहरुमा पिडित पक्षको उद्धार गरीनुको साटो दलालहरुसँग मिलेमतो गरी पिडितलाई पचाउने र ठगलाई उन्मुक्ति दिने नारायण प्रसाद अधिकारी कानुनको नजरमा दोषी वन्न नसक्नुलाई एउटा बिडम्वनाको रुपमा लिन सकिन्छ ।
केहि बर्षअगाडी गुल्मी जिल्ला रिमुवा गाविसमा जन्मिएको तत्कालीन नेपाली कांग्रेसको नेता भरत वहादुर वस्नेतले आफनै सहयात्री साथी अर्घाखाँची जिल्लाको ढिकुरा गाविसका मुक्ति नाथ भुसाललाई अमेरीका पठाउने प्रलोभनमा मोटो रकम असुली उनको ६५३७३४ नंम्वरको पासपोर्टमा नक्कली भिसा लगाएको थियो । भुसालले भिसा लागेको धेरै समय पछी नक्कली भिसा हो भन्ने जानकारी पाएपछी ,आफनो गुमाएको पैसा फिर्ता माग्दा वस्नेतले भुसाललाई अपहरण गरी सम्पूर्ण सक्कली कागजाद आफनो कव्जामा लिई कुनै पनी लेनदेन नभएको कागज गराएको कुरा तत्कालीन विभिन्न मिडियाहरुले समचार वनाएका थिए । भुसालको अदम्य साहश र फोटो कपी लगायत टेलिफोन रर्ेकर्डका आधारमा २०५४ साल फाल्गुण २१ गते विहिवार बिहान ६:३० बजे हनुमानढोका काठमान्डौका सहि लालमणि लम्सालको कमान्डमा ठग भरतवहादुर वस्नेत हनुमान ढोकाको खोरमा भित्रिएको थियो ।
प्रहरी अनुसन्धानमा ठगी प्रमाणीत भएको भरतवहादुर वस्नेतलाई वैदेशीक रोजगार ऐन २०४२ अनुसार कारवाहिका लागी हनुमान ढोका काठमान्डौले २०५४ साल फाल्गुण २४ गते श्रमविभागमा १३१९ नंम्वरको फाईल ५०७२ नंम्वरमा दर्ता गराएको थियो । प्रहरीको फाईल अनुसार पिडित भुसालले २ लाख ३० हजार भरतवहादुर वस्नेत वाट पाउनुपर्ने र नक्कली भिसा लगाउने वस्नेतलाई कारवाही गर्नु पर्ने उल्लेख गरीएको भएपनी हालसम्म उक्त रकम नपाएको र ठग बस्नेत भक्तपुरमा अलिशान जिन्दगी विताईरहेको जानकारी प्राप्त भएको छ । विभागका उपनिर्देशक नारायण प्रसाद अधिकारीले पिडित भुसाललाई वोलाई धम्कयाउदै र डर देखाउदै केश अगाडी बढाएमा उल्टो जेल हाल्ने धम्कीका कारण सम्पूण केश २० हजारमा मिल्नुपर्ने अधिकारीको अडानलाई भुसालले स्वीकार गर्न बाध्य भएका थिए र सापटी लेनदेनमा उल्लेखित कागजमा विभागको स्टयाम्प लगाउदै १५ दिनमा २० हजार दिलाउने कागजमा अधिकारी उपनिर्देशक रोहवरमा बसेपनी १५ दिन पश्चात भुसाल बिभागमा जाँदा २० हजार पनी अधिकारीवाट पाउन सकेनन ।
यहाँनिर सरोकारवालाहरुले बुज्नुपर्ने कुरा के भने, व्यक्तिगत लेनदेनको कागजादमा उपनिर्देशक जस्तो गरीमामय पदमा बसेको अधिकारीले बिभागीय स्टयाम्पको प्रयोग गरी रोहवरमा वस्नु कानुनको उपवाश हो वा होईन ? जुन ओर्जीनल कागज हामीसँग रहेको छ । यसरी कानुनको उच्च पदमा वसेर आफनो र्स्वाथका लागी कानुनलाई कन्डमका रुपमा प्रयोग गर्ने अधिकारी जस्तो वदमाशलाई सरोकारवालाहरुले खोजेर कारवाही गर्ने वा नगर्ने ? यो आम नागरीककालागी चाँसोको विषय वनेको छ ।
श्रमविभागमा फाईल पुगेपछि भुसालको उद्धार हुन ढिलाई भएको र अधिकारीको दमन सहन नसकी भुसालले श्रम मन्त्रालयको ढोकामा पुगेर तत्कालिन श्रममन्त्री ढुन्डिराज शास्त्रि, सहायक मन्त्रि अमरराज कैनी र श्रमसचिव कर्णबहादुर चन्दले केशको अध्यन गरी संयुक्त तोक आदेशमा पिडित भुसालको उद्धार अनि ठग बस्नेतलाई कारवाही गर्नेकालागी २०५५ साल बैशाख २४ गते विभागका उपनिर्देशक नारायण प्रसाद अधिकारीलाई अनुसन्धान अधिकूत तोकेका थिए ।
उक्त तोक आदेश पश्चात ठग भरतवहादुर वस्नेत लगायत उसका लुटेरा समुहहरुले शास्त्रिको मन्त्रि निवास अगाडी रु १२ लाख सम्म खर्च गरेर भएपनी भुसाललाई सिद्धयाउने कुरा र्सार्वजनिक गरेको तत्कालीन घटना र विचार, समदूष्टि, जनादेश लगायतका थुप्रो समचारपत्रहरुले ठग बस्नेतको असली चेहरा बाहिर ल्याएको कुरा आम नागरीककालागी नौलो होईन । जताततै असुरक्षा, आर्थीक संकट लगायतका चिजहरुलाई मध्यनजर राख्दै भुसाल काठमान्डौ वाट बाहिरिएका थिए । उनलाई अमेरीका जाने प्रलोभनमा फर्साईएको तत्कालीन मोटो रकम कमाउनका लागी भारतको दिल्ली लगायत गल्फ देशको धुपमा करिव ९ बर्ष मेहनत गर्नुपरेको यर्थातता उनका सहयात्री वाट वुझिएको छ ।
२०५४ सालको फाल्गुण २४ गते हनुमान ढोकाले श्रमविभागमा ५०७२ नंम्वरमा दर्ता गराएको १३१९ नंम्वरको फाईल सदाका लागी बन्द गरीने आधार नभएका कारण उक्त फाईल हालका सरोकारवालाहरुले खोल्नु आवस्यक देखिन्छ । अपराधीलाई संरक्षण गरीनु राम्रो प्रथा होईन । कानुनले चाहेमा अपराध गर्नेहरुले उन्मुक्ति पाउन सक्दैनन, ढिलै भएपनी विजय कानुनकै हुन्छ भन्ने कुरालाई प्रमाणीत गर्दे हालका सरोकारवालाहरुले नक्कली भिसा लगाउने गिरोह भरत वहादुर वस्नेत र कानुनको खिल्ली उडाउने तत्कालीन उपनिर्देशक नारायण प्रसाद अधिकारीलाई कानुनको पहुँचले भेटे जतीको कारवाही गरी आफनो गरीमा कायम राख्नु अहिलेको आवस्यकता देखिन्छ ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।