जापानमा दुई वर्ष अगाडि गएको शक्तिशाली भूकम्प र सुनामीको स्मरणमा विशेष समारोहको आयोजना

जापानमा दुई वर्ष अगाडि गएको शक्तिशाली भूकम्प र सुनामीको स्मरणमा विशेष समारोहको आयोजना गरिएको छ । ९ रेक्टर स्केल मापन गरिएको उक्त भूकम्प गएको ठीक समय पारेर मुलुकभर एक मिनेट मौनधारण गरिएको थियो ।

 राजधानी टोकियोमा भएको कार्यक्रममा सम्राट अकिहितो र साम्राज्ञी मिचिकोको उपस्थिति थियो । उक्त भूकम्प र सुनामीमा परी १८ हजार भन्दा बढी मानिसको मृत्यु भएको थियो भने अझै धेरै हराइरहेका छन् ।
– AGENCIES