– सुदन खडका
अर्घाखाँचीको सन्धिखर्क २ छापडाँडामा बाघको आक्रमणले स्थानीय गाउले त्रसित भएका छन । दुई दिन अघीबाट गाउमा बाघले सताउन लागेकोले गाउले त्रसित भएका हुन ।
स्थानीय रानीबनबाट आएको बाघले गोठमा रहेका गाई भैंसी बाख्राहरु माथि आक्रमण गर्न थाले पछी स्थानीय त्रसित बनेका हुन । गोठ खोरमा रहेका डिगाहरुको सुरक्षा गर्न नसक्दा स्थानीय चिन्तित भएका हुन ।
छापडाँडाका स्थानीय जैशी टोल र अन्यमा गरी सात ८ वटा बाख्रा खाईसकेको र ४ भन्दा बढी भैंसी लाई आक्रमण आक्रमण गरिसकेकोले बाघ नियन्त्रण के कसरी गर्न सकिन्छ भन्नेमा एकआपस मा छलफल हुँदै गरेको स्थानीय शिक्षिका गीता खड्काले अर्घाखाँची डट्कम् लाई जानकारी दिईन ।
साझ बिहान अध्यनरत बिद्यार्थी ट्युसन तथा नियमित कक्षा सम्म पुग्न सकेका छैनन । बाघको आक्रमणका कारण पाणिनी बहुमुखी क्याम्पस सन्धिखर्कमा अध्ययनरत बिष्णु केसीले डट्कम् सग भने ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।