नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा बसभित्र युवती बलात्कृत भएको चारदिन नवित्दै बाँकेमै अर्की एक किशोरी घरमै सुतिरहेको अवस्थामा बलात्कृत भएकी छन् । बाँके प्रहरीका अनुसार आफ्नो घरमै सुतिरहेकी १४ वर्षीया किशोरी आज विहान बलात्कृत भएकी हुन् ।
बलात्कारमा संलग्न बाँके, बसुदेवपुरका २२ वर्षीय सूर्य श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । अभियुक्त श्रेष्ठ आज विहान किशोरीको घरको झ्यालबाट छिरेर बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
यता, नेपालगञ्ज बसपार्कमा चार दिनअघि युवतीलाई बसभित्रै सामूहिक बलात्कार गर्ने २ अभियुक्तलाई आज बाँके प्रहरीले सार्वजनिक गरेको छ । गत फाल्गुन २४ गते नेपाल बन्दको दिन घर जान यातायातको साधन खोज्दै नेपालगन्ज बसपार्क पुगेकी धनगढीकी २५ बर्षीया युवती बलात्कारको शिकार भएकी थिइन् ।
बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले सुर्खेत मालारानी ९ का २२ वर्षीय रुपलाल डि.सी र बाँके खासकुसुमका १८ वर्षीय तिलक आचार्यलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
बलात्कारमा सहयोगी बनेको आरोप लागेका एक जना भने फरार छन् ।
RSS