सन्धिखर्क बन्ला त क्षेत्रीय सदरमुकाम ?

अर्घाखाँची सदरमुकामको चुत्रावेशी बजार ।
 


– वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची । शान्ति तथा पुनःनिर्माण मन्त्री टोपबहादुर रायमाझीले अर्घाखाँची देशकै नमुना जिल्ला बनाउने योजना रहेको बताए । मेगा परियोजना अन्तरर्गत विकास निमार्णका कामलाई तिव्र गतिमा अगाडी बढाईएको बताउदै अर्घाखाँची  सदरमुकाम सन्धिखर्कलाई क्षेत्रीय सदरमुकामको रुपमा विकास गर्ने आफनो योजना रहेको दावी गरे । 
 


शान्ति तथा पुनःनिर्माण मन्त्री टोपबहादुर ।
 


अर्घाखाँचीलाई पुर्व पश्चिम सडक चीनको सिमाना जोडने लुम्बिनी-सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडक सम्पन्न भएपछि धेरै जिल्लाको नाका सन्धिखर्क बन्ने उनको भनाई छ । अर्घाखाँची क्षेत्र नं. १ बाट  सभासदमा निर्वाचित भएदेखी नै जिल्लाको विकास निर्माणको भाषण गर्ने रायमाझीले जिल्ला विकास समितिको जिल्ला परिषदबाट पारित बजेट सार्वजनिक गर्दै रायमाझीले देशका ७५ वटै जिल्ला मध्ये अर्घाखाँची नमुना जिल्ला बनाउने आफनो सपना रहेको बताए । मुख्य सडक सालझण्डी ढोरपाटन सडक सञ्चालन भएपछि सन्धिखर्क गोरुसिंगे भन्दा यताबाट झण्डै ३० किलोमिटर छोटो हुन्छ । यो चीनको सिमासम्म जोडिन्छ । त्यस्तै रिडी-सुर्खेत सडक निर्मँण कार्य जारी छ । 
त्यस्तै पोखरा सुर्खेत सडक पनि अर्घाखाँची हुदै जान्छ । सुर्खेतबाट पोखरा, काठमाडौ जान आउन झण्डै आधाको फरक पर्छ । गुल्मी सदरमुकाम तम्घास जाने सडक पनि अर्घाखाँचीबाटै जोडिने योजना छ । त्यस्तै अर्को  सालझण्डी, नियाली, चिदिका हुदै तम्घास सडक हो । यो सञ्चालनपछि  गुल्मीबाट पाल्पाको तानसेन हुदै बुटवल जान आउन झण्डै ८० किलोमिटर छोटो हुन्छ । सालझण्डी- अर्घाखाँची हुदै प्युठान जाने आउने पनि यहीबाटै हुने भएकाले बुटवल, दाङ हुदै प्युठान जान भन्दा यताबाट १ सय ८० किलोमिटर छोटो हुन्छ यी सडक कोही निर्मँण कार्य जारी छन भने कोही आधा सकिएका छन । सबै सडक सञ्चालनपछि प्युठान, रोल्पा, रुकुम, गुल्मीको प्रत्यक्ष केन्द्र अर्घाखाँची बन्नेछ भने सुर्खेत पोखरा सडकबाट पुर्वी र पश्चिमी जिल्लामा आवत जावत गर्दा अर्घाखाँची हुदै जाने भएकाले यो ठुलो उत्तर दक्षिण राजमार्ग नै हुन्छ । मन्त्री रायमाझीले सालझण्डी ढोरपाटन  डबल कटिङ सडक दुई-तीन महिनाभित्रै उदघाटन गर्ने बताए । 
अर्घाखाँची पहाडी जिल्ला अन्तरगत सुगम जिल्ला भएकाले सन्धिखर्क सदरमुकाम फराकिलो छ र त्यसै अनुसार ठुला ठुला सरकारी भवन निर्मँण गरिएको हो । क्षेत्रीय सदरमुकाम र कार्यालय बनाउने योजना अनुसार सबै काम भएको उनले बताए । जिल्ला सडकको हिसावले नेपालमै नमुना जिल्ला धेरै वर्ष अगाडी भैसकेको थियो जहाँ अहिले टोल र वस्तीपिच्छै सडक छन । अब ती सडकलाई स्तरोन्नती र पीच गरिन्छ, मन्त्री रायमाझीले भने, मथुरावेशीमी पोलिटेक्निकल ईन्सिच्युट (कृषि क्याम्पस) सञ्चालनको लागि काम शुरु भैसकेको छ । जिल्लामा ठुलो प्रोजेक्ट पनि भित्रिदै छन । आयआर्जन, कृषि र पर्यटनलाई पनि उत्तिकै महत्व दिएको छ । 
मन्त्री रायमाझीले सुपादेउरालीमा पर्यटकीय स्थल बनाउने जसमा मन्दिरलाई संरक्षण र वरपरी फिल्ड खन्ने र नर्तनाञ्चल पवर्तमाको सबै डाँडाको आधुनिक पुल हाल्ने मन्दिरमा आएका भक्तजन पुजापाठ र दर्शन गरेपछि केबुलकार जस्तै पुलबाट घुमाउने र मन्दिर देखी तल खोलाई थुनेर ठुलो डयाम्प बाध्ने र विदेशी पर्यटकलाई पौडी खेल्ने, रमाउने खालको बनाउने र डयाम्पमा संकलित भएको पानीबाट सितापुरमा विजुली निकाल्ने योजना छ मन्त्री रायमाझीले भने,  म त्यही योजना अनुसार विकास गर्छु । त्यस्तै अर्घाको धरमपानीमा विमानस्थल निर्माणको लागि मन्त्रालयबाट प्रक्रिया अन्तिम चरणमा पुगेको बताए । सन्धिखर्क चुत्रावेशी सबै बजारमा कालोपत्रे पनि हुनेछन ।
जिल्ला परिषदमा मन्त्री रायमाझीले काग्रेस, एमाले, राजमो लगायतका दलले बहिष्कार गर्दा दुःख माने । जिल्लाले मन्त्री पाएको छ मैले यति धेरै विकासका योजना ल्याएको छु, योजना पार्नलाई कम्ति दुःख छैन सबै मिलेर जिल्लाको विकास गरौ भन्ने बेलामा बहिष्कार गर्दा अचम्म लागेको बताए । बाहिर बसेर विरोध गर्नुको कुनै अर्थ छैन बरु सँगै बसौ छलफल गरौ र अगाडी बढौ रायमाझीले काग्रेस, एमालेका नेतालाई भने खाली विरोध मात्रै गरेर हुदैन । उनले जिल्लाको विकास गर्दा काग्रेस एमालेले विरोध गरे त्यसको सामना गर्न जनता तयार रहेको बताए । काग्रेस, एमाले, वैद्य पक्षीय माओवादी सहित ८ दलले बैठकबाट पारित बजेट सार्वजनिक गर्दा बहिष्कार गरेपनि मन्त्री रायमाझीको भाषण सुन्न गाउँबाट एमाओवादी कार्यकर्ताले अर्घाखाँचीको सभागृह हल भरिएको थियो । एमाओवादीले गाउँबाट कार्यकर्ता बोलाएपछि हल खचाखच नै थियो । 
एमाले अध्यक्ष चेतनारायण आचार्यले सरकारका वालवाला मन्त्री सहभागी कार्यक्रममा सहभागी नहुने पार्टीको नीति भएकाले परिषद सार्वजनिक गर्दा उपस्थित नजनाईएको बताए । आठ दलले बजेट सार्वजनिक गर्दा बहिष्कार गरेपनि बैठकमा भाग लिएका थिए । 
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

  

अन्य समाचारहरु