यसवर्षको प्रवेशिका परीक्षा एसएलसी शुरु, ५ लाख बढी परीक्षार्थी, हजार बढी परीक्षा केन्द्र

काठमाडौं  । यस बर्षको प्रवेशिका परीक्षा आजदेखि शुरु भएको छ। यस पटक ५ लाख ४७ हजार १ सय ६५ परीक्षार्थी सहभागी भएका छन जसमध्ये नियमिततर्फ ४ लाख ३० हजार ९७ र आंशिकतर्फ १ लाख १७ हजार ६८ परीक्षार्थी रहेका छन् । परीक्षाका लागि मुलुक भर १ हजार ७ सय ८६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । यस्तै परीक्षा सञ्चालनका लागि १ हजार ७ सय ८६ केन्द्राध्यक्ष, २ हजार ६ सय ५५ सहायक केन्द्राध्यक्ष, २१ हजार ८ सय ९० निरीक्षक, ७ हजार २ सय ९७ सहयोगी र १९ हजार ८ सय ६० सुरक्षाकर्मी परिचालन गरिएको पनि परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
यसपटक पूर्वाञ्चलबाट नियमिततर्फ ९२ हजार नौ सय ४० र आंशिकतर्पm ३६ हजार एक सय ९० गरी कुल १ लाख २९ हजार १ सय ३० परीक्षार्थी सहभागी हुदैछन् । यस्तै पश्चिमाञ्चलमा पनि एसएलसी परीक्षाको तयारी पूरा भएको जनाइएको छ । क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय पोखराले जनाए अनुसार पश्चिमाञ्चलबाट यस वर्ष नियमिततर्फ ८३ हजार २ सय ८९ र आंशिकतर्पm १७ हजार ५ सय १३ जना गरी १ लाख ८ सय २ जना परीक्षार्थी सहभागी हुने छन् । पश्चिमाञ्चलमा ३ सय ७५ परीक्षा केन्द्र तोकिएको छ । एसएलसी परीक्षा विहान ८ बजेदेखि ११ बजेसम्म हुने छ ।

काठमाडौं । यसवर्षको प्रवेशिका परीक्षाको सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यस पटक ५ लाख ४७ हजार १ सय ६५ परीक्षार्थी सहभागी हुने छन् जसमध्ये नियमिततर्फ ४ लाख ३० हजार ९७ र आंशिकतर्फ १ लाख १७ हजार ६८ परीक्षार्थी रहने छन् । परीक्षाका लागि मुलुक भर १ हजार ७ सय ८६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । 
त्यस्तै परीक्षा सञ्चालनका लागि १ हजार ७ सय ८६ केन्द्राध्यक्ष, २ हजार ६ सय ५५ सहायक केन्द्राध्यक्ष, २१ हजार ८ सय ९० निरीक्षक, ७ हजार २ सय ९७ सहयोगी र १९ हजार ८ सय ६० सुरक्षाकर्मी परिचालन गरिने पनि परीक्षा नियन्त्रण कार्यालयले जनाइएको छ । 
 
उता, पूर्वाञ्चल क्षेत्रीय परीक्षा नियन्णत्र कार्यालय धनकुटाले पनि पूर्वाञ्चलमा एसएलसीको सवै तयारी पूरा भएको जनाएको छ । पूर्वाञ्चलका १६ जिल्लाका सम्पूर्ण केन्द्रमा उत्तर पुस्तिका पु