खिलराज रेग्मीले अन्तरिम चुनावी मन्त्रिपरिषद्को अध्यक्षका रुपमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै देशभर व्यापक विरोध

प्रधान न्यायाधीश खिलराज रेग्मीले अन्तरिम चुनावी मन्त्रिपरिषद्को अध्यक्षका रुपमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै नेकपा-माओवादीको भातृ संगठन अखिल क्रान्तिकारीले विरोधका कार्यक्रम अगाडि सारेको छ। 
विद्यार्थी संगठनले सपथको टेलिभिजनबाट प्रत्यक्ष प्रसारण सुरु भएलगत्तै टायर बालेर विभिन्न कलेजहरुमा यातायात अवरुद्ध पारेका छन्।
उनीहरुले थप आन्दोलनका कार्यक्रमसमेत ल्याउने भएका छन्।
नेकपा – माओवादीसहितको संघीय लोकतान्त्रिक जन गणतान्त्रिक मोर्चाले विरोध गर्दै दिउँसो १२ बजेदेखि उपत्यका बन्दको घोषणा गरेको छ।