– गणेश खनाल
परिक्षाको मर्यादा विपरित काम गरेको भन्दै एसएलसी परिक्षाको पहिलो दिन विहिवार अग्रेजी विषयमा २ जना परिक्षार्थी र १ जना निरिक्षक अर्घाखाँची बाट निष्कासित भएका छन् ।
परिक्षाको निर्देशन विपरित काम गरेको भन्दै सितापुर केन्द्रबाट जनजागृती प्रावि सिद्धाराका शिक्षक १ जना र मरेङ्ग केन्दबाट विरेन्द्र उमावी मरेङ्गकी १ जना छात्रा र बल्कोट केन्द्रबाट चन्द्र मावी चिदिकाकी १ छात्रा गरि तिन जना निष्कासित भएको जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालले जानाकारी दिए ।
निष्कासित भएका शिक्षकलाई तत्काललाई निरिक्षकबाट हटाइएको जनाईएको छ भने थप कावार्ही पछि गरिने कार्यालयले जनाएको छ ।
१९ केन्द्रमा ५ हजार ५ सय ६४ विद्यार्थी परिक्षामा सामेल रहेको जिल्ला शिक्षा कार्यलय अर्घाखाँचीका उपसचिव राम प्रसाद पाण्डेले जानाकारी दिए । शुक्रवार नेपालीको परिक्षा हुने छ । अघिल्ला वर्ष भन्दा पनि यो वर्षझनै परिक्षा मर्यादित भएको सरोकारवालाको भनाई रहेको छ ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।