प्रधानन्यायाधीश कार्यकारी प्रमुख भएपछी : कतै स्वागतमा तछाडमछाड, कतै विरोधमा बाझाबाझ

– सूर्यकुमार क्षेत्री
प्रधानन्यायाधीश खिलाराज रेग्मीले राष्ट्रपतिको कार्यालय शीतल निवासमा अन्तरिम चुनावी मन्त्रिपरिषद, अध्यक्षको शपथ चलिरहँदा सिंहदरवारको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बेग्लै चहलपहल थियो ।
विहान दश बजेदेखि नै विभिन्न मन्त्रालयका सचिव सरकार प्रमुखको स्वागतका लागि हातमा फुलमाला लिएर बसेका थिए ।
प्रधानमन्त्री कार्यालय पुग्दा हातमा माला, फूलका गुच्छा र अबीर लिएका कर्मचारीबीच कसले पहिला स्वागत गर्ने भन्ने छलफल हुँदै थियो । सरकार प्रमुखको स्वागतका लागि कर्मचारीले झण्डै ४५ मिनेट पर्खिनुप