गृहसचिव नवीनकुमार घिमिरेका अनुसार रेग्मीले भने, ‘मलाई राजनीतिक दलहरूले चुनाव सम्पन्न गर्ने प्रयोजनका लागि मन्त्रिपरिषद्को अध्यक्षमा सहमति गरेका हुन्, यसमा सबैले सहयोग पुर्या उनुहोस् ।’
सो अवसरमा नेपाल सरकारका सचिवहरूले आफ्नो तर्फबाट सहयोग पुर्याउने जानकारी दिएका थिए। वैठकमा मुख्य सचिव लीलामणी पौडेलले कर्मचारीका तर्फबाट सहयोग हुने बताएका थिए ।
नेम प्लेट बनाउन भ्याइएन
गृह मन्त्रालयले आफ्नै नवनियुक्त मन्त्री माघवप्रसाद घिमिरेको नयाँ ‘नेम प्लेट’ कार्यकक्ष अगाडिको ढोकामा टास्न आज भ्याएन। उसले पुरानै प्लेटमाथि कागजमा कम्युटरबाट नयाँ गृहमन्त्रीको नाम लेखी टाँसेको थियो।
यस मम्बन्धमा गृहमन्त्रालयको सम्बन्धित पक्षसँग जिज्ञासा राख्दा केही प्रतिक्रिया आएन। गृह तथा परराष्ट्र मन्त्रीका रुपमा घिमिरेले विहान सपथ लिएका थिए । उता पराराष्ट्र मन्त्रालयले भने नयाँ मन्त्रीको नाममा नेम प्लेट राख्न भ्याएको थियो। रासस