प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा नवगठित अन्तरिम चुनावी मन्त्रिपरिषद् निर्वाचनको तयारीमा जुटेको छ ।
निर्वाचन आयोग र सबै पक्षसँग छलफल गरेर दुई दिनभित्रै निर्वाचनको मिति घोषणा गर्ने तयारी सरकारले गरेको सरकार निर्वाचनको तयारीमा जुटेको हो । नवगठित सरकारले आन्तरिक छलफल गर्ने र विरोधमा उत्रिएका दलहरूलाई निर्वाचनको पक्षमा आउन आग्रह गर्ने भएको छ ।
दलहरू नै निर्वाचनको लागि तयार हुनु पर्ने भन्दै त्यसैअनुसार चुनावी वातावरण तयार हुने सरकारको भनाइ छ । यसैबीच निर्वाचन आयोगले सरकारको निर्णयका आधारमा आफूअगाडि बढ्ने बताएको छ ।
आयोगका प्रवक्ता अनिलकुमार ठाकुरले जेठभित्र चुनाव गर्नेगरी आयोगले प्राविधिक काम थालेको बताउनुभयो । तयारी भइरहे पनि सरकारले निर्वाचनको मिति घोषणा गर्ने वित्तिकै प्राविधिक विषय मिलाएर चुनावको औपचारिक तालिका सार्वजनिक गर्ने जानकारी दिनुभयो ।
दल दर्ता, मतदाता नामावलीलगायतका विषयमा काम गरिरहेको आयोगले जनाएको छ ।