पत्रकारका समस्याप्रति राज्य उदासिन/पेशागत सुरक्षाप्रति चिन्ता व्यक्त

– शोभाखर पन्थी 
पत्रकारका समस्याप्रति राज्य उदासिन भएको भन्दै एक कार्यक्रमका रहभागी वक्ताहरुले प्रेश स्वतन्त्रता र पत्रकारको पेशागत सुरक्षाप्रति राज्यको ध्यानाकर्षा गराएका छन् । 
क्रान्तिकारी पत्रकार महासंघ अर्घाखाँचीको सन्धिखर्कमा सम्पन्न पहिलो जिल्ला भेलाको उद्द्घाटन सत्रमा मन्तव्य राख्ने वक्ताहरुले मुलुकका सबैखाले परिवर्तनमा महत्वपर्ूण्ा योगदान पुर्‍याउने पत्रकारहरु गणतन्त्रको स्थापना पछि पनि असुरक्षित र अपमानीत हुनु परेको बताए  । 
कार्यक्रममा मन्तव्य राख्दै क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सचिवालय सदस्य शोभाखर पन्थीले प्रेश स्वतन्त्रता र पेशागत सुरक्षा राष्ट्रिय स्वाधिनतासँग जोडिएको बताउँदै ,मुलुकको अखण्डता र र्सार्वभौम सक्ताको पक्षमा कलम चलाउन पत्रकारहरुलाई आग्रह गर्नु भयो । 
नेकपा -माओवादीका जिल्लार् इन्चार्ज भेषराज भुसालले हजारौं जनताको बलिदानबाट प्राप्त उपलब्धीहरु गुम्न थालेको भन्दै गैर राजनितीक व्याक्तिलाई सरकार प्रमुख बनाएर ४ दलका नेताहरुले गम्भिर गल्ति गरेको आरोप लगाउनु भयो । 
क्रान्तिकारी पत्रकार महासंघका जिल्ला अध्यक्ष बिजय दमासेको अध्यक्षता र बावुराम थापाको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेकपा -माओवादीका राज्य समिती सदस्य गुणनिधी भुसाल, नेपाल पत्रकार महासंघका उपाध्यक्ष हिम बहादुर जि.सी. लेकाली, पत्रकार महासंघका केन्द्रीय पार्ष द्वय सहयोगी बि.सी. र वीरेन्द्र के.सी., क्रान्तिकारी पत्रकार संघका अध्यक्ष गणेश खनाल, प्रेश युनियनका प्रतिनिधि रुद्रमणि भुसाल, प्रगतिशिल पत्रकार संघका प्रतिनिधि जीतेन्द्र खत्री, पत्रकार गोविन्द भुसाल लगायतका वक्ताहरुले पत्रकारका समस्याप्रति राज्यको ध्यानकर्षा गराए । भेला  नयाँ नेतृत्व चयन गर्दै आईतवार सम्पन्न हुने जनाईएको छ । 

Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

  

अन्य समाचारहरु