मोरङको शनिश्चरेमा रहेको भुटानी शरणार्थी शिविर भित्रको कपडा उद्योगमा आगलागी हुँदा ४० लाख मूल्य बराबरको क्षति भएको छ ।
शरणार्थी महिला मञ्चले सन्चालन गरेको कपडा उद्योग र गोदाममा आगलागी हुँदा भित्र रहेका तान, धागो लगायतका सामान र छेउमा रहेका दुई वटा पसल जलेका शिविरका पूर्व सचिव चम्पासिंह राईले जानकारी दिनुभयो ।
शनिबार राती १२ बजे तिर लागेको आगो दमकबाट गएको दमकल, शरणार्थी र प्रहरीको सहयोगमा ३ बजेतिर नियन्त्रणमा लिईएको थियो ।