“देखे मैले”

बाबु रोका मगर “अपरिचित”
असुरकोट-९ अर्घाखाँची 
देखे मैले एउटी नारी मुर्छा पर्दै चिच्याएको 
देखे मैले एउटा सरीपलाई अर्कोले गिज्याएको 
देखे मैले एउटी नारीलाई गला मा छोपी घिच्याएको 
देखे मैले एउटा ले अर्कोलाई फसाउन जाल बिछ्याएको |
देखे मैले शोषित पीडित रुदै कराउदै आफ्नो हक अधिकार मागेको 
देखे मैले भ्रष्टचारी फटाह लाई नेताको खोल ले ढाकेको 
देखे मैले मुख मा हरे राम-राम भन्नेले बगलिमा छुरा राखेको       
देखे मैले एकता लाई अनेकता मा बाँडेको |
देखे मैले सयौ थरी फुलको मालालाई चुंडाएर फालेको 
देखे मैले गरीब निमुखा को आवाज लाई अनेक बहाना बनाउदै टालेको 
देखे मैले कुर्शी को खेल मा देश लाई दाउमा हालेको 
देखे मैले इज्जतदार हुँ भन्नेले पैसाको लागि इज्जत नै फालेको |
यही कारणले होला मेरो देश नेपाल र नेपाली हरुलाई हजारौ बिमार ले गालेको |