नाइजेरियाको कानोस्थित एक बस स्टेशनमा गराइएको बम बिफोटमा कम्तिमा २० जना मारिए

काठमाडौं । नाइजेरियाको उत्तरी शहर कानोस्थित एक बस स्टेशनमा गराइएको बम बिफोटमा कम्तिमा २० जना मारिएका छन् ।
 दक्षिणी नाइजेरियाका क्रिस्चियन समुदायको बसोबास रहेको स्याबोन गारी जिल्लामा गराइएको बिस्फोटमा थुप्रैं घाइते भएका छन् । 
बिस्फोटको जिम्मा हालसम्म कसैले नलिएपनि इस्लामी संगठन बोको हरामको हात रहेको आशंका गरिएको छ ।
 यसअघि सन् २०१२ को जनवरीमा इस्लामी संगठन बोको हरामले उक्त शहरमा आक्रमण गर्दा १ सय ५० जना मारिएका थिए । बोको हराम नाइजेरिया सरकारलाई ढालेर इस्लामिक सरकार निर्माण गर्न चाहन्छ ।
– AGENCIES