नेकपा-माओवादीद्धारा भोजपुरमा ६ सय रोपनी जग्गा कब्जा

भोजपुर, चैत्र ६ । मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले भोजपुरको उत्तरी मुलपानी र केउरेनीपानी गाविसस्थित षडानन्द सीताराम गुठीको नाममा रहेको करिव ६ सय रोपनी जग्गा कव्जा गरेको छ ।

 

२० जना भन्दा बढीको संख्यामा रहेका -माओवादी कार्यकर्ताहरुले गुठीको जग्गा भएको स्थानमा पार्टीको झण्डा गाडेर जग्गा कव्जा गरेको घोषणा गरेका हुन् ।

पार्टीको नीति अनुसार नै जग्गा कव्जा गरिएको संयुक्त जिल्ला जन समितिका सचिव त्रिलोचन लुहारले बताए ।


सबै जग्गा किसानलाई सुम्पने र भ्रष्टहरुलाई सामाजिक कारवाही गर्ने नीति अनुसार नै जग्गा कब्जा गरिएको उनको भनाई छ ।

 

rss