एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले मुलुक आफ्नो पार्टीले सोचेकै बाटोमा अघि बढेको र सरकार छाडेर ठीक गरिएको भन्दै सन्तोष व्यक्त गर्नुभएको छ । कांग्रेस र एमालेले असारमा चुनाव नचाहेको भन्दै जसरी पनि असारमै चुनाव सफल पार्नुपर्नेमा प्रचण्डले जोड दिनुभएको छ ।
पार्टी मुख्यालय पेरिसडाँडामा बुधबार आयोजित केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउने महाधिवेशनको एजेण्डामा सबै सहमत हुनुलाई पार्टीको राजनीतिक जित भएको भन्दै खुशी व्यक्त गर्नुभएको हो ।