चार दलका नेताहरु सम्मिलित उच्चस्तरीय राजनीतिक समितिद्धारा निर्वाचन आयोगमा दुई जना आयुक्तहरु सिफारिस गर्ने निर्णय

काठमाडौं । चार दलका नेताहरु सम्मिलित उच्चस्तरीय राजनीतिक समितिले निर्वाचन आयोगमा दुई जना आयुक्तहरु सिफारिस गर्ने निर्णय गरेको छ । 



सेना समायोजन विशेष समितिको कार्यालय नयाँ बानेश्वरमा आज साँझ बसेको बैठकले इला शर्मा र रामभक्त पी.भी. ठाकुरलाई आयुक्तमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको हो । 



यसअघि निर्वाचन आयोगको प्रमुख आयुक्तमा नीलकण्ठ उप्रेती तथा आयुक्तहरुमा अयोधीप्रसाद यादव र दोलखबहादुर गुरुङलाई नियुक्त गर्न सिफारिस गरिइसकेको छ ।



– RSS