ढाका । बंगलादेशका राष्ट्रपति जिल्लुर रहमानको निधन भएको छ । लामो समयदेखि मिगौंला रोग र श्वाशप्रश्वास सम्बन्धी समस्याबाट ग्रस्त रहमानको ८५ वर्षको उमेरमा सिंगापुरको एक अस्पतालमा उपचारकै क्रममा निधन भएको अन्तर्राष्ट्रिय समाचारमाध्यमहरुले जनाएका छन् ।
बंगालादेशको शक्तिशाली अवामी लिगका प्रभावशाली नेता रहमानको निधनले बंगलालेशी राजनीतिमा संकट थप्नसक्ने बताईएको छ ।
बंगलादेशका प्रथम राष्ट्रपति शेख मुजिबुर रेहमानको अत्यन्तै विश्वाशपात्र मानिने जिल्लुर रहमानलाई सन् २००९ मा त्यहाँको संसदले राष्ट्रपति चुनेको थियो ।
बंगलादेशको स्वतन्त्रता आन्दोलनको समयमा २० वर्ष जेल सजाय सुनाईएका रहमानलाई सन् १९७५ मा तत्कालीन राष्ट्रपतिको हत्यापछि फेरि जेल पठाईएको थियो ।
– AGENCIES