काठमाडौं । नेकपा-माओवादीले बर्तमान सरकारले गराउने संविधान सभाको चुनाव बहिष्कार गर्ने निर्णय गरेको छ । विघटित संविधान सभामा प्रतिनिधित्व गर्ने २ दर्जन बढी दललाई उपेक्षा गर्दै तीन दल र मधेशी मोर्चाले आफूखुसी निर्णय गर्दै अघिबढेको भन्दै माओवादीले चुनाव बहिस्कार गर्ने निर्णय गरेको हो ।
चार दलबीच यही चैत १ गते भएको सहमति खारेज हुनुपर्ने, खिलराज रेग्मी नेतृत्वको सरकारको बर्खास्त गरी नयाँ सरकार बनाउनुपर्ने, सर्वपक्षीय गोलमेच सम्मेलनलबाट विवाद समाधान गर्नुपर्ने लगायतका पनि माओवादीले राखेको छ ।
पोलिटव्युरो बैठकको निर्णय सार्वजनिक गर्न आज पार्टी कार्यालय बुद्धनगरमा गरिएको पत्रकार सम्मेलनमा सो पार्टीका अध्यक्ष मोहन बैद्यले आफूहरुका मागको सुनुवाई नभए आगामी चैत २४ देखि सशक्त आन्दोलन थाल्ने बताउनुभयो ।
बैद्यले तीन दल र मधेशी मोर्चाले विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधान विरोधी काम गरेको बताउनुभयो ।
RSS