ईजरायल भ्रमणमा रहनु भएका अमेरिकी राष्ट्रपति बाराक ओबामाले इजरायल मध्यपुर्वमा आफ्नो देशको बलियो र भरोसायोग्य सहयोगीको रुपमा रहेको बताउनु भएको छ ।
ओबामाले मध्यपूर्वमा शान्ति बहालीका लागि ईजरायल र प्यालेष्टाइन बीचको कटुता अन्त्य गर्नेपर्नेमा जोड दिनुभयो । उहांले मध्यपूर्वको समस्या समाधानमा अमेरिकाले इजरायलको साथ कहिले नछोड्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।
तीन दिने इजरायल भ्रमणका क्रममा ओबामाले आज पश्चिमी किनाराको रमाल्ला शहर गई प्यालेष्टिनी राष्ट्रपति मोहम्मद अब्बाससंग पनि वातर्टा गर्ने कार्यक्रम छ ।
Agencies