पाकिस्तानमा आगामी ११ मे मा आम चुनाव हुने भएको छ । पाकिस्तान संसदको पाँच बर्ष कार्यकाल पूरा भएपछी राष्ट्रपति आसिफ अली जरदारीले आम चुनावको घोषणा गर्नुभएको हो ।
आम चुनावपछी पाकिस्तानको सत्ता नयाँ नेतृत्वलाई लोकतान्त्रिक रुपमा हस्तान्तरण गरिनेछ । पाकिस्तानको इतिहासमा पहिलोचोटी संसदले पाँच बर्षको कार्यकाल पूरा गरेको हो ।
पाकिस्तानका तत्कालीन प्रधानमन्त्री बेनेजीर भुट्टोको हत्यापछी जरदारी सन् २००८ को सेप्टेम्बरमा पाकिस्तानको राष्ट्रपति बन्नुभएको थियो । उहाँको कार्यकालमा राजनैतिक र सामाजीक उतारचढाव निकै नै भए ।
साथसाथै अमेरिकासंगको कुटनैतिक सम्बन्ध केही हदसम्म बिग्रन पुग्यो । यद्दपी बिभिन्न प्रकारको आलोचनाहरु खेप्दै जरदारीले पाकिस्तानमा आफनो पाँच बर्षिय कार्यकाल पूरा गर्नुभएको छ ।
agencies